भैरहवा, १० असार । उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशको चौथो प्रदेश सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाका ३७ वटा जिल्ला तथा नगर बाणिज्य संघहरु, १ सय ३१ एसोसिएट गरि करिब ३ सय जनाको सहभागीता रहेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आर्थिक समस्या र सरकारको असहयोगको बारेमा कुरा उठाएका थिए ।
सभामा बोल्ने उद्योगी ब्यवसायीहरुले अहिले देशमा देखिएको आर्थिक समस्या ईतिहासकै सबै भन्दा ठूलो समस्या भएको बताए । उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाले अहिले आर्थिक गतिविधि सुस्त रहेको जिकिर गर्दै यस्तो अवश्थामा ८ प्रतिशत बिकास वृद्धि दर राखेर आएको बजेट निजि क्षेत्रले विस्वास गर्न नसकेको बताए । उनले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको कारण बहुपक्षिय समस्या निम्त्याएको बताए ।
सरकारद्वारा एकै प्रकृतिको उद्योगमा अलग अलग करको दर कायम गरेको, कच्चा पदार्थमा अन्तःशुल्क असुल गरेको लगायतको आरोप लगाउदै सरकारले आर्थिक अवश्था सुधारको पक्षमा लाग्न आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रदेश भित्र रहेका उद्योगी ब्यवसायीलाई जिम्मेवार र उत्तरदायीत्व सहितको ब्यवसाय गर्न उत्प्रेरित गरिने बताए । उनले प्रदेशलाई आर्थिक, सांस्कृतिक रुपमा समुन्नत बनाउन ब्यवसायी तत्पर रहेको र यस अभियानलाई सफल पार्न केन्द्र, प्रदेश र स्थानिय सरकार र निजि क्षेत्र बिच हातेमालो आवश्यक रहेको औल्याए ।
प्रदेश सभालाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको गम्भिर अवश्था पार पाउन सबै हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए । संकटको समयमा उद्योगी ब्यवसायीहरुले पनि सरकारलाई सहयोग गर्नु पर्ने उनले जिकिर गरे । सरकार र यसका निकायहरु सञ्चालनका लागी रकमको आवश्यकता पर्ने र उक्त रकम राजस्व जस्ता श्रोतबाट आउने भएकोले अहिलेको जटिल अवश्थामा सरकारलाई सहयोग गर्न उनले ब्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, नेपाल उद्योग बाणिन्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, सिद्धार्थनर नगर पालिकाका प्रमुख ईश्तियाक अहमद खाँन लगायतले बोलेका थिए ।
प्रतिक्रिया