प्रदेश

अर्घाखाँचीको मालारानीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ




असार १०,
अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिका(२ डाँडाकटेरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
डाँडाकटेरीका २७ वर्षीय कमल भुसाललाई २७ वर्षीया श्रीमती सरु भट्टराई भुसालको हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताउनु भयो ।
भुसालले आफूहरु दुबै जना घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा लिन गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर हत्या गरेको बयान दिएका प्रहरी निरीक्षक पौडेलले बताउनु भयो । श्रीमतीको हत्यापछि भुसाल आफैँ प्रहरी चौकी पुगेका थिए ।
प्रहरी निरीक्षक पौडेलले घटना बारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

प्रकाशित : १० असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६