प्रदेश

तानसेन नगरपालिकाको बजेट १ अर्ब ३९ करोड




असार १० पाल्पा ।
तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७९र०८० का लागि १ अर्ब ३९ करोड १८ लाख ९३ हजार ५४ रुपैयाँको बजेट विनियोजन गरेको छ । एघारौ नगरसभाको अधिवेशनमा उपप्रमुख प्रतिक्षा सिंजालीले चालु खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९ सय बयालिस र पूँजिगततर्फ ६३ करोड २५ लाख १७ हजार १ सय १२ विनियोजन गरेको बताउनुभयो । अघिल्लो आर्थिक वर्षको १४ करोड ७३ लाख घाटा बजेटलाई समायेजन गरी बजेट विनियोजन गरीएको हो । अघिल्लो आर्थिक बर्ष १ अर्ब ४१ करोड बजेट विनियोजन भएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा घाटा बजेट सहितको बजेट समायोजन गर्दा १ करोड ८२ लाख कम हो । अघिल्लो आर्थिक वर्ष २०७८र०७९ का लागि १ अर्ब ४१ करोड रुपैयाको बजेट विनियोजन गरिएको थियो ।
नगरसभाले तानेनमा लामो समयदेखिको सवारी पार्किङ व्यवस्थीत गर्न बसपार्क निर्माण गर्ने कामलाई पुरा गर्ने बताइएको छ । जकको लागि ८ करोड ७५ लाख बजेट विनियोजन गरीएको छ यस्तै बिग बुद्ध –बुद्धको बिसाल मुर्ति स्थापनाको लागि १ अरब ४१ करोड, श्रीनगर,रानिमहल सौन्दर्यकरणको लागि ४० लाख बजेट बिनियोजन गरीएको छ । टुडिखेल श्रीनगर ,लिपिन्देवी मन्दिर देखि जंगीअड्का रिसोर्ट काभ्रे जिपलाईन सम्भाव्यता अध्ययन गरीने भएको छ । नगरसभाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन लगायतका शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

प्रकाशित : १० असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६