प्रदेश

शहरी विकास मन्त्री झाँक्रीले सरकार छाड्ने



काठमाडौं, १२ असार । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार सरकार छाड्ने भएकी छन् । त्यसका लागि उनले आइतबार नै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छन् । उक्त पत्रकार सम्मेलनमार्फत मन्त्री झाँक्रीले मन्त्रालय छाडेको जानकारी गराउनेछिन् ।

मन्त्री झाँक्री निकट स्रोतका अनुसार कर्मचारीसँग विदाइ कार्यक्रम पनि आइतबार नै राखिएको छ । नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर मन्त्रीहरुले बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिएर सरकार छाड्ने बताएका थिए ।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएकी मन्त्री झाँक्रीले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सरकार छाड्ने जानकारी गराउन लागेकी हुन् ।

एकीकृत समाजवादीबाट मन्त्री भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पनि आइतबार नै सरकार छाड्ने घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गरेका छन् । उनले आइतबार नै अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका थिए ।

प्रकाशित : १२ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६