बर्दिया, १३ असार । बर्दियामा किसानमैत्री कृषक पुस्तकालय तथा ज्ञान कक्ष सञ्चालनमा ल्याइएको छ । किसानको विषयगत ज्ञान वृद्धि गर्दै कृषि समस्याको समाधानसहित प्रविधिमा सूचनाको पहुँच पुर्याउन ज्ञान कक्ष सञ्चालनमा ल्याइएको हो । किसानको क्षमता बढाउन प्राविधिक पुस्तकहरु, उपयोगी कृषि सामाग्री लगायत अडियो, भिडियो तथा कल सेन्टरमार्फत कृषि ज्ञान सम्बन्धी सेवा प्रवाह गर्दै कृषि जैविक विविधताको प्रवर्द्धन गर्न पुस्तकालय स्थापना गरिएको हो ।
नेपाल सरकारको अवधारणा अनुसार बर्दियामा कृषि कार्यालयले कृषक पुस्तकालय तथा ज्ञानकक्ष सञ्चालनमा ल्याएको लुम्विनी प्रदेश एकीकृत कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव यामनारायण देवकोटाले बताउनुभयो । पुस्तकालयमा कृषि, पशुपंक्षी, मत्स्य, विषय लगायत सम्पूर्ण बाली तथा पशु विशेष ज्ञानमुलक पुस्तक तथा सामाग्रीहरु राखिएका छन् ।
प्रतिक्रिया