प्रदेश

लुम्बिनीको दाङबाट बजार गर्न गएका २ युवतीलाई भारतीय जँगलमा बलात्कार



१३ असार
नेपाली दुई युवती भारतको जंगलमा बलात्कृत भएका छन् । आइतवार विहान एघार बजे भारतको बलरामपुर जिल्लाको मनीपुर बजार क्षेत्रमा रासन किन्न भनि हिडेका राजपुर गाउँपालिका वडा नम्बर ६ निवासी सिता घर्ती (नाम परिवर्तन) र सिमा नेपालीलाई केही भारतीय युवाहरुको समुहले बलात्कार गरेको सीमा प्रहरी चौकी खांग्रानाकाले जनाएको छ । प्रत्येक आइतबारको दिन भारतको मनिपुरमा हाटबजार लाग्ने गर्छ ।
सोही दिने अविवाहित युवती पाँचजना र एकजना विवाहित गरेर छ जना महिलाहरु नेपालबाट मनिपुर बजारमा रासन किन्न भनि जाने क्रममा नेपाल–भारत सीमावर्ती क्षेत्रको दक्षिण तर्फको जंगलमा रुखमा डोरीले बाधेर भारतीय युवाहरुको समुहले बलात्कार गरेको कुरा बाहिरिएको छ ।
महिलाहरुको हात, गाला, ढाडमा गम्भिर घोट लागेर सुम्ला उठेको छ भने लौराले साप्रामा निलो डाम बस्ने गरि कुटपिट गरेर गम्भिर घाइते बनाइएको बुझिएको छ । अहिले सीमा प्रहरी चौकी खांग्रानाका इञ्चार्जको कमाण्डामा स्थानीय बलात्कृत दुई जना युवतीहरु र अन्य चारजना घाइते महिलाहरुलाई औषधिको लागि भारतीय अस्पतालमा लगिदैछ । थप विवरण भने आउन बाँकी रहेको छ ।

प्रकाशित : १३ असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६