हरि घिमिरे, १३ असार ।
कपिलवस्तुको बाणगंगा चारनम्बरमा हाईटेन्सन लाईनको बिद्युत पोल ढल्न लाग्दा जोखिम बढेको छ । पोल ढल्न लागेको करिब २४ घण्टा वितिसक्दा समेत प्रधिकरणले चासो नदिदाँ जोखिम बढेको हो । मेतिपुर देखि सालझण्डीको विद्युत ३३ केवि थ्रि फेस लाइनको पोल ढल्नै लाग्दा पनि प्रधिकरणले चासो नदेखाएको स्थानियले बताएका छन् । लथालिङ्ग टाँगिएका ईन्टरनेट सेवा प्रदायक कम्पनिका तारलाई पुर्व पश्चीम राजमार्गमा चल्ने गाडिले चुडाउदाँ पोल हाइवे तर्फ ढल्न लागेको छ । सोहि विषयमा फोन गर्दा तौलिहवा वितरण केन्द्र प्रमुख राजेस कुमार झाँले भने निजी इन्टरनेट कम्पनीहरूले टेर्दैनन “विद्युतमा सेकेन्ड, सेकेन्डमा समस्या आउछ जहाँपायो त्यहिँ जाथाभाबि तरिकाले टाँगिएका तार र पोलहरुले गर्दा समस्या पत्ता लगाउन समय लाग्छ र समस्या थाहा भैसके पछि तारहरुले अलझ्याउछ, कहिले सम्म यस्तो जोखिममा काम गर्ने” । उनका अनुसार इन्टरनेट सेवाप्रदाएक कम्पनिहरुमध्य जिल्लाका केहि कम्पनिहरु प्राधिकरण तैलिहवामा निवेदन दिएका छन् । जिल्लामा संचालित अन्य कम्पनिहरुले प्राधिकरणसंग सम्झौतानै नगरि आफ्नो सेवा संचालन गरेको बताए । कपिलवस्तु जिल्ला भित्र रहेका नेपाल बिधुत प्राधिकरणका पोलहरूमा बिना अनुमति कुनै पनि सम्झौता नगरि प्रयोग गरेका तारहरु अब धमाधम काट्ने तौलिहवा वितरण केन्द्र प्रमुख झाँ ले चेतावनि दिए । जिम्मेवार निकाय को रु नागरिकको प्रश्न छ ।
१३ असार २०७९, सोमबार
प्रतिक्रिया