प्रदेश

जसपामा उपेन्द्र यादव पक्ष मन्त्री फेर्ने तयारीमा, बाबुराम पक्ष बेखबर



काठमाण्डौ, १४ असार । जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले पनि सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । जसपाको कार्यकारिणी समितिले अहिले सरकारमा भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको हो ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीले चाहेको बेला मन्त्रीलाई फिर्ता बोलाउने छलफल भइरहेको बताउनुभयो । मन्त्री हेरफेर सामान्य कुरा भएको पनि अध्यक्ष यादवको भनाइ छ । यस अघि एकीकृत समाजवादी पार्टीले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो । जसपाको कार्यकारिणी समितिको बैठकमा डा। बाबुराम भट्टराई र उहाँ पक्षका नेता भने सहभागी नभएका पाइएको छ ।

बैठकले नयाँ मन्त्रीमा नाम सिफारिस गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको बुझिएको छ । यसले फुटको संघारमा पुगेको जसपामा झन् विवाद बढ्ने देखिन्छ । जसपाभित्र अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीच पछिल्लो समय विवाद छ ।

प्रकाशित : १४ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६