प्रदेश

पार्टीको आन्तरिक विषय अध्ययन गर्न पाँच सदस्यीय कार्यदल




असार १५
नेकपा (एमाले) गुल्मीले पार्टीभित्र अराजक तत्वहरुको अध्ययन गर्न ५ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । सो पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीभित्र आन्तरिक असमझदारी, असन्तुष्टि, असहयोग मुख्य कारण रहेको भन्दै पार्टीले अध्ययन कार्यदल गठन गरेको जनाएको छ ।
कार्यदलमा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज जंग नेपालीको नेतृत्वमा पाँच सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको जिल्ला अध्यक्ष बालसिंह काउछाले जानकारी दिनुभयो । पार्टीभित्रै रहेर संगठनात्मक अराजकताहरु प्रकट भएको भन्दै अध्ययन कार्यदल गठन गरिएको र अध्ययन कार्यदलको प्रतिवेदनको आधारमा प्रमाणीत भए कारवाही गर्ने काउछाले बताउनुभयो ।
निर्वाचनमा कर्मचारी खटनपटन, प्रहरी, प्रशासन र सबै शक्ति एमालेबिरुद्ध खनिएको समेत काउछाले आरोप लगाउनुभयो । पार्टीले गत बैशाखको निर्वाचनमा भएको कमी कमजोरीबाट शिक्षा लिदैँ आगामी निर्वाचनमा एकताबद्ध भएर लाग्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित : १५ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६