प्रदेश

एक करोड ३३ लाखको हाटबजार गाडी पार्कमा परिणत




तम्घास, असार १५ ।
रेसुंगा नगरपालिकाले निर्माण गरेको हाटबजार अहिले गाडी पार्कको रुपमा परिणत भएको छ । किसाले उत्पादन गरेका वस्तुलाई सहज रुपमा विक्री वितरण गर्ने उद्देश्यले निर्माण गरिएको गुल्मी तम्घास बजार नजिकै चारिखोलामा रहेको हाटबजार अहिले नगरपालिकाका सवारी साधन र विद्यालयको बस पार्किङको रुपमा परिणत भएको छ ।
हालसम्म एक करोड ३३ लाख लागत लागेर निर्माण भएको हाटबजार अहिले गाडी पार्कको रुपमा परिणत हुँदा राज्यको लगानी बालुवामा पानी भने जस्तै भएको प्रमाणित भएको छ ।
यता, नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले हाटबजार बन्द हुनु दुःखद भएको बताउनुभयो । उहाँले हाटबजार बन्द हुँदा किसानहरु र सेवाग्राही सबै मारमा परेकाले तत्काल हाटबजार खुलाउन नगरपालिकाको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
हाटबजार चलाएमा आउँदा कृषक र उपभोक्तालाई सहजता आउने र कोही पनि बिचौलियाको मारमा नपर्ने उहाँको भनाइ छ । हाटबजार वैशाख २६ गते देखि बन्द भएको रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिनुभयो । नगरपालिकाले कर्मचारीहरुलाई खटाएर हाटबजार सञ्चालन गरेको थियो ।
रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुंगा नगरपालिकाका कर्मचारीहरु खटाएर हाटबजार सञ्चालन गर्न नसकिने भएकाले लिजमा दिने गरी तयारी गरेको बताउनुभयो । किसानले उत्पादन गरेका कृषि उपजहरुलाई सहज रुपमा विक्री वितरण गर्न नगरले उचित प्रबन्ध गर्ने समेत पन्थीको दाबी छ ।
उक्त हाटबजार निर्माणमा साबिकको जिल्ला कृर्षि विकास कार्यालयको चौध लाख, साबिकको जिल्ला विकास समितिको आठ लाख, जिल्ला पशुसेवा कार्यलय गुल्मीको दश लाख, प्रदेश सरकार र नगरपालिकाको गरी कुल एक करोड ३३ लाख लगानी भएको छ ।

प्रकाशित : १५ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६