प्रदेश

लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित




बुटवल, असार १६ ।
लुम्विनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९–८० का लागि प्रदेश सभामा असार १ गते प्रस्तुत भएको बजेट पारित भएको छ । लुम्विनी प्रदेश सभाको १० औं अधिवेशनको बैठकमा विभिन्न चरणमा भएको बजेट सम्वन्धी छलफलपछि बजेट बुधवार प्रदेश सभामा बहुमतबाट पारित भएको हो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० का लागि ४२ अर्ब ६३ करोड ७ लाख रुपियाँको बजेट प्रस्तुत गरेको थियो । जसमा चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात कुल बजेटको ३१ दशमलव २६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात कुल बजेटको ५७ दशमलव ४१ प्रतिशत विनियोजन गरिएको थियो ।
त्यसअघि प्रदेश सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बजेटले लुम्बिनी प्रदेशका जनताको समृद्धिको प्रतिनिधित्व गरेको बताउँदै सवैको साझा प्रयासबाट बजेट कार्यान्वयन हुने बताउनुभयो ।
लुम्बिनी प्रदेशको समग्र आर्थिक विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउँदै बजेटले लिएको संकल्प पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । प्रदेश सरकारको नीति तथा कार्यक्रम सरकारको विचार दृष्टिकोण अनुसारको भएपनि बजेट सबैको साझा भएको बताउनुभयो ।
आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेटका विषयमा सांसदहरुले राखेको जिज्ञासाको जवाफमा जनताको जीवनस्तर परिवर्तन गर्न बजेटले सम्वोधन गरेको बताउनुभयो । यसअघि मंगलवार नै लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल सम्पन्न भएको थियो ।
प्रदेश सभामा चार दिनसम्म चलेको विनियोजन विधेयकमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित केही सत्ता पक्षका प्रदेश सभा सदस्यहरुले समेत प्रदेश सरकारले ल्याएको वजेट कार्यान्वयनमाथि प्रश्न उठाउएका थिए ।

प्रकाशित : १६ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६