स्याङ्जा, १६ असार । अविरल वर्षाको कारण घर भत्किँदा स्याङ्जामा एक बालिकाको ज्यान गएकोे छ । गल्याङ नगरपालिका वडा नम्बर १० डुबिनडाँडाका ढाकाराम भट्टराईको धन्सार गोठेघर भत्किँदा उहाँकी छोरी १२ वर्षीया रेखा भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजीवबहादुर बस्नेतले जानकारी दिनुभयो ।
रेखा सुतिरहेका बेला धन्सार भत्किएको र उनलाई पुरेको प्रहरीले जनाएको छ । बिहान साढे ६ बजे धन्सार भत्किँदा घाइते भएकी भट्टराईको उपचारका लागि गल्याङ लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा रेखाका दाई १६ वर्षीय लक्षमण भट्टराई घाइते भएका छन् । गोठ भत्किँदा एउटा लैनोभैँसी र २ वटा बाख्राका पाठा पुरिएका पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया