प्रदेश

बाणगंगाको चार नम्बरमा ‘समृद्धि हेयर ड्रेसिङ सेलुन एण्ड एकेडेमी’ संचालनमा




कपिलवस्तु, १६ असार ।
कपिलवस्तुको बाणगंगामा व्यवस्थित र सुबिधायुक्त समृद्धि हेयर ड्रेसिङ् सन्चालनमा आएको छ । बाणगंगाको जितपुर होराईजन चोकमा आजबाट उक्त हेयर ड्रेसिङ्को बिधिवत रुपमा शुभारम्भ गरिएको हो ।

विहिबार एक कार्यक्रमका बीच कपिलवस्तु उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका बाणगंगा ४ का वडाध्यक्ष छवि रेस्मी मगर उक्त सेलुनको उद्घाटन गरेका छन् । वडाध्यक्ष मगरले यस क्षेत्रका मानिसलाई गुणस्तर सेवा उपलब्ध गराउन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरे ।


करिब २५ लाखको लागतमा सेलुन संचालनमा ल्याईएको संचालक दामोदर न्यौपानेले जानकारी दिए । ५ बर्षसम्म कोरियामा बसेका न्यौपानेले देशमै केही गर्नुपर्छ भन्ने सोचले यस व्यवसायको सुरुवात गरेको बताए । उनले सम्बन्धि सम्पुर्ण सेवाहरु उपलब्ध गराउने बताए । परिवर्तनशील समाजको आवश्यकतालाई बुझेर आफुले यस व्यवसाय अंगालेको बताउँदै उनले सबैको साथ सहयोग मिल्ने विश्वास समेत व्यक्त गरे । चारनम्बर जीतपुरमा संचालनमा आएसंगै नेपालका ५ स्थानमा यसको शाखा विस्तार भएको छ ।

प्रकाशित : १६ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६