असार १६,
पूर्वी नवलपरासी : पूर्वी नवलपरासीको गिरुबारी खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार खोलाले हुप्सेकोट गाउँपालिका(२ का ६८ वर्षीय केशबहादुर सलामलाई बगाएको हो । धानको बिउ बोकेर बुधबार गिरुबारी खोलापारि रोपाइँ गर्न जाँदै गर्दा उनलाई बगाएको प्रहरीले जनाएको छ ।
उनी बिउ बोकेर एक्लै खोला तरेका थिए । बाढीमा परेका कारण उनलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया