हरि घिमिरे, १६ असार ।
विपद व्यवस्थपनका लागि बाणगंगा नदिमा अनुगमन गरिएको छ । बाणगंगा नगरपालिका वडा न. ८ बालापुरमा नदिले विपद निम्ताउने देखिएपछि अनुगमन गरिएको हो । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीको आग्रह अनुसार जिल्ला विपद ब्यवस्थापनको टोलिले बालापुरमा अनुगमन गरेको छ । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले विपद् तथा नदीबाट हुने खतराबाट जनतालाई जोगाउन सुरक्षाकर्मी अलर्ट हुनपर्ने बताउनु भयो । अनुगमनकै क्रममा उहाँले भन्नु भयो “नदिमा बेथिति देखियो हामि एक्सनमा जान जरुरी छ ।” ‘मलाई लाग्छ क्रसर उद्योग पनि मापदण्ड विपरित चलेका छन ।’ सोही क्रममा उहाँले ईलाका प्रहरी कार्यालय पिपरालाई बाणगंगामा सञ्चालित क्रसर उद्योगको मापदण्ड परिधी चेक गरि जिल्लामा छिटो भन्दा छिटो रिपोर्ट गर्न निदेर्शन दिनु भयो । यता बाणगंगा नगरपालिकाका प्रमुख प्र्रशासकिय अधिकृत टेकराज पन्थीले जनताको जिउ धनको व्यवस्थापनकालागि नगरपालिकाले यथासिघ्र निणर्य गरेर जिल्लामा पठाउने बताउनु भयो । उहाँका अनुसार नगरले नगरिकको शुरक्षाका लागि सबै काम र्गनेछ । बाणगंगा नदि बस्ती क्षेत्र तर्फ मोडिन लागेकाले तत्काल जिल्ला विपद ब्यपस्थापनमा खबर गरिएकको हो । विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइ अलर्ट’ मा बस्न निर्देशन समेत जिल्लाले दिएको छ । यस्तै इलाका प्रहरी कार्यालय पिपरका प्रमुख दिपक बाबु के.सी ले वाणगंगा नदीमा पानीको बहाव बढ्न थालेपछि नदी क्षेत्रमा नजान तथा सचेत रहन आग्रह गर्नु भयो । अनुगमनमा वाणगंगा नगरपालिका वडा न. ८ का वडा अध्यक्ष बाबुराम अर्याल, वडा सदस्य बिस्वास जिसि, स्थानिय बासीन्दा, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
१६ असार २०७९, बिहिबार
प्रतिक्रिया