प्रदेश

रुपन्देहीको सिद्धार्थनगरमा उद्घाटन भएको ३ महिनासम्म पनि प्रयोगमा आएन वडा भवन




१९ असार
बुटवल ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्थानीय तह आएको ५ वर्ष बितिसक्दा पनि वडा नम्बर ६ को आफ्नै कार्यालयबाट सेवा सञ्चालन भएको छैन । उक्त वडाको कार्यालय भवन निर्माण सम्पन्न नहुँदै हतारमा उद्घाटन भए पनि वडा नम्बर ५ मा अवस्थित नगरपालिकाको भवनबाट कार्य सञ्चालन हुँदै आएको छ । जस पाउने होडमा निर्माण पूरा नहुँदै गत चैत १५ गते उद्घाटन गरिएको भवनबाट ३ महिना बितिसक्दा पनि कार्यालय सञ्चालन गरिएको छैन ।
सिद्धार्थनगर–६ स्थित पिपरहियामा निर्माण गरी उद्घाटन भइसकेको कार्यालयबाट अझैसम्म वडाबासीले सेवा लिन पाएका छैनन् । आफ्नै वडाबाट पाउनुपर्ने सेवाका लागि वडाबासी सिद्धार्थनगर–५ स्थित पुरानै वडा कार्यालयमा जान बाध्य छन् ।
निर्वाचनको बेला जस लिने होडमा निर्माणसम्पन्न नहुँदै कार्यालय उद्घाटन गर्नुको परिणाम सिद्धार्थनगर–६ को हो । पछि निर्वाचित भएर को आउने हो र कसले जस लिने हो भन्ने चिन्ताले अधुरा योजनाको उद्घाटनको पछाडी जनप्रतिनिधि लाग्दा जनताले दुःख पाउने गरेका छन् । वडा नम्बर ६ को यो घटना प्रतिनिधिमुलक मात्र हो । सिद्धार्थनगरमा यस्ता अन्य योजनाहरु पनि रहेका छन् ।
गत चैत १५ गते ६ नम्बर वडा कार्यालय तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको तत्कालिन नगरप्रमुख हरिप्रसाद अधिकारीले उद्घाटन गरेका थिए । स्थानीय तहको निर्वाचनको १५ दिन अघि उद्घाटन भएको कार्यालय निर्वाचन सम्पन्न भएपश्चात निर्वाचित जनप्रतिनिधिले पुरानै वडा कार्यालयमा पदभार ग्रहण गर्दै त्यहीबाट नै कार्यसम्पादन गरिरहेका छन् ।

प्रकाशित : १९ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६