प्रदेश

मेसिन अभावमा सिकलसेल परीक्षणमा कठिनाइ




बाँके, असार १९ ।
सिकलसेल तथा थालेसिमियाका विरामी पहिचानका लागि बाँकेमा स्वास्थ्य कार्यालय र स्थानीय तहले स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन गरेका छन् । तर पहिचानका लागि मेसिनको अभाव देखिएको छ । स्वास्थ्य कार्यालयले हालै राप्ती–सोनारी ४ मा ५७२ जनाको रगतको नमुना जाँचमा ९६ जना सिकलसेल तथा थालेसिमियिाका विरामी तथा बाहक पहिचान भएका छन् । विरामीका लागि गाउँमै उपचार तथा परामर्शका लागि शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
विशेषगरी थारु समुदायमा यो रोग अझै पनि लुकेर रहेकाकारण पहिचानका लागि ब्यापक स्वास्थ्य परीक्षण आवश्यक पर्ने सिकलसेलको परीक्षण तथा उपचारमा लामो समयदेखि सक्रिय भेरी अस्पतालका चिकित्सक डा. राजन पाण्डेले जानकारी दिनुभयो । भेरी अस्पतालमा रहेको एक मात्र मेसिनबाट रगत परीक्षण गरी सिकलसेल तथा थालेसिमिया रोगको पहिचान गर्न कठिनाइ हुने चिकित्सकको भनाइ छ ।
जन्मनेबित्तिकै अनिवार्य यसको परीक्षण हुने हो भने दोस्रो ब्यक्तिमा सङ्क्रमण नहुने चिकित्सकको भनाइ छ । गाउँ गाउँमा रगतको नमूना परीक्षण गर्नुपर्ने भएकाले मेसिन पनि थप्नुपर्ने चिकित्सकको सुझाव छ ।

प्रकाशित : १९ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६