जीवनशैली

दाङमा खानेपानी आयोजनामा १२ अर्ब लगानी




१९ असार
‘एक घर, एक धारा’ अभियानलाई सार्थकता दिन स्थानीय तहसँग सहकार्य गरी दाङमा खानेपानी आयोजना विस्तारको काम धमाधम भइरहेको छ ।
लुम्बिनी प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका अनुसार जिल्लामा चालु आर्थिक वर्षका लागि १० वटै पालिकामा विभिन्न शीर्षकमा गरी २५२ खानेपानी आयोजनाका लागि रु १२ अर्ब २२ करोड ३५ लाख ७२ हजार लगानी भएको छ ।
ती आयोजनामध्ये केही ठाउँमा कार्यान्वयनमा आइसकेको छ, भने धेरैजसो स्थानमा काम जारी छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख भोलाबहादुर थापाका अनुसार जिल्लाको ग्रामीण भेगमा अहिले खानेपानी आयोजनाको काम पूर्ण रुपमा सम्पन्न हुन नसकेको बताए ।
जिल्लामा सघन खानेपानी विकास कार्यक्रम, जलवायु अनुकुलित वृहत खानेपानी आयोजनाअन्तर्गत सङ्घ शसर्त अनुदान, तराई–मधेश खानेपानी सुधार कार्यक्रम, खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम तथा विभिन्न उपशीर्षकमा गरी लगानी भएको छ । जिल्लामा सघन खानेपानी आयोजनाका १७२ आयोजना, जलवायु अनुकूलित वृहत खानेपानी कार्यक्रम १९, तराई–मधेश खानेपानी सुधार कार्यक्रमको ५०, सहलगानी कार्यक्रमको एउटा तथा १० थप गरिएका खानेपानी आयोजना रहेको निमित्त प्रमुख थापाले बताए।
घोराही उपमहानगरपालिकामा सघन खानेपानीका ४५, जलवायु अनुकूलित वृहत खानेपानीका पाँच र तराई–मधेश खानेपानी सुधार कार्यक्रमका १५ आयोजना गरी ६५ आयोजनामा रु ९७ करोड ३३ लाख १० हजार लगानी भएको छ । तुलसीपुर उपमहानगरपालिकामा सघन खानेपानीका ३४, जलवायु अनुकूलित वृहत खानेपानीका दुई र तराई–मधेश खानेपानी सुधार कार्यक्रमका ११ गरी ४७ खानेपानी आयोजनामा ७९ करोड ४० लाख चार हजार लगानी भएको छ ।

प्रकाशित : १९ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६