जीवनशैली

कालीगण्डकी कोरिडोर अवरुद्ध



तम्घास, असार १९ ।
पछिल्लो तीन दिनदेखि पहिरोका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्बेनीदेखी पुर्तिघाट सडकखण्डको कनौटामा सडकमाथिबाट ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । असार १६ गतेदेखि सडकमाथिबाट ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् । असार १५ गतेदेखि अविरल वर्षाका कारण सडकमाथिबाट पहिरो खस्न नरोकिएकोले समस्या भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिनुभयो ।
पहिरोका कारण सडकको बेस नै गएकाले गाउँपालिकाबाट प्रदान गर्ने सेवामै समस्या भएको उहाँको भनाइ छ । सडक अवरुद्ध हुँदा हर्मिचौर, अर्बेनी, जयखानीका सेवाग्राही गाउँपालिकाबाट सेवा लिन वञ्चित छन् भने सवारीसाधन पनि चल्न सकेका छैनन् । सो सडक अवरुद्ध भएपछि केही स्थानीयवासी झोलुङ्गे पुलको प्रयोग गरी पर्वतको विहादी गाउँपालिका हुँदै ओहोरदोहोर गर्ने गरेका छन् । कोरिडोरको बाटोमा पानी परेपछि पहिरो झर्ने समस्याले गर्दा हर्मिचौरदेखि गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म कार्यालयको कामले पनि जान समस्या हुने गरेको स्थानीय तिलक रानाले गुनासो गर्नुभयो ।
पहिरोका कारण पुुर्तिघाटदेखि बुटवलका लागि छुट्ने सवारीसाधन र यात्रु अलपत्र पर्ने गरेका छन् भने कार्यालयको कामले गाउँपालिकासम्म जान पनि समस्या पर्ने गरेको यात्रुले बताउँदै आएका छन् । कालीगण्डकी कोरिडोर गैँडाकोट, राम्दी, मालढुङ्गा सडक आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारीले निरन्तर पहिरो झरेका कारण समस्या भएको बताउनुभयो । पहिरो झर्ने क्रम रोकिएपछि पहिरो पन्छाउने कार्य हुने उहाँको भनाइ छ । पहिरो पन्छाउनका लागि मेसिन फिल्डमै भएको उहाँको भनाइ छ ।

प्रकाशित : १९ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६