प्रदेश

कपिलवस्तु साझेदारी बनको भवन शिलान्यास, सेवा प्रवाहमा सहजता हुने



चन्द्रौटा,१९ असार ।

शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिको प्रशासनिक भवनको शिलान्यास भएको छ । आइतबार डिभिजन बन गौतमबद्धका प्रमुख दधिलाल कँडेल र साझेदारी बनका अध्यक्ष गंगेशनाथ तिवारीले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो । भवनको शिलान्यासको अवसरमा बोल्दै डिभिजन प्रमुख कँडेलले लामो समय देखि भाडामा बसेर सेवा प्रवाह गरेको साझेदारीले आफ्नै भवन बनाउनु सकारात्मक कुरा भएको बताउनुभयो ।

भवन निर्माण पश्चात् बनका उपभोक्तालाई सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो । कपिलवस्तु साझेदारी बनले विगत देखि नै बज संरक्षणको लागि राम्रो काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा साझेदारी बनका अध्यक्ष गंगेशनाथ तिवारीले ४ पालिकामा रहेका उपभोक्ताहरूलाई बनको भवन निर्माण पश्चात् सेवा लिन सहज हुने बताउनुभयो । विगतको वर्ष देखिनै भवन निर्माणको तयारी गरेकोले अहिले शिलान्यास गर्न सफल भएको बताउनुभयो । एउटा हल सहित निर्माण हुने उक्त भवन निश्चित समयमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

४ पालिकाका १८ हजार घरधुरी तथा १ लाख १७ हजार जनसख्या बन वाट लाभान्वित भएको तिवारीले बताउनुभयो । बनले निरन्तर रूपमा अतिक्रमित बनमा वृक्षारोपण लगायतका बन संरक्षण र चोरी तस्करी रोक्न विभिन्न अभियानहरू सञ्चालन गरेको बताउनुभयो । रु ६६ लाख लागतमा ६ कोठे भवन २ वर्षको अवधिमा सम्पन्न सहायक बन अधिकृत एजाज अन्सारीले बताउनुभयो ।

प्रकाशित : १९ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६