प्रदेश

संसदमा ओलीको भाषण : गठबन्धनका नेताहरूलाई जथाभाबी नबोल्न चेतावनी



काठमाण्डाै, २० असार । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलका नेताहरूलाई अमेरिकासँग भएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को विषयमा आफूलाई आरोप नलगाउन चेतावनी दिनुभएको छ । 

आज साेमवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धन दलका नेताहरूले आफू प्रधानमन्त्री हुँदा नै सुटुक्क एसपीपीमा हस्ताक्षर गरेको भ्रम फैलाइरहेको भन्दै जथाभाबी नबोल्न चेतावनी दिनुभएको हो । ओलीले एसपीपीबारे कहिले के भयो भन्ने विषयमा पनि संसदमा तर्क पेस गरिरहनुभएको छ । यसअघि उहाँले सरकारले हरेक क्षेत्रमा अत्ति नै गर्न थालेको आरोप लगाउनुभयो । 

यसअघि आफ्नो सरकार हुँदा नेपाली कांग्रेसका नेता गगन थापाले अब त अत्ति भयो अर्थात् ‘इनफ इज इनफ’ भनेको कुरातर्फ सङ्केत गर्दै ओलीले भन्नुभयो,  ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इनफ इज इनफ, अब चाहिँ अति नै भयो ।’

प्रकाशित : २० असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६