कृषि

फोहोरबाट जैविक मल



तुलसीपुर, असार २० ।
जिल्लाका दुई पालिकाले फोहोर व्यवस्थापनमा नयाँ अभ्यासको सुरु गरेका छन् । घोराही उपमहानगरपालिकाले सड्ने फोहोरबाट बायो ग्यास र जैविक मल उत्पादन सुरु गरेको छ भने तुलसीपुर उपमहानगरपालिकाले जैविक मल उत्पादनका लागि परीक्षणमा छ ।
पालिकाहरुका लागि फोहोर व्यवस्थापनमा निकै चुनौती बन्दै गइरहेको बेला जिल्लाका दश पालिकामध्ये जुम्ल्याहा उपमहानगरपालिकाले भने नयाँ अभ्यासको सुरु गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाले वडा नम्बर ६ को शिवशक्ति टोलमा रहेको डम्पिङ साइड क्षेत्रमा कम्पोस्टर प्रविधिको मेसिन जडान गरिएको छ । मेसिनमा दैनिक दुई सय केजी सडेको फोहोर राख्न सकिनेछ ।
मेसिन सहयोग गर्ने एसिया फाउन्डेसन लुम्बिनी तथा कर्णाली प्रदेशका संयोजक गोविन्द बस्नेतले फोहोर राखेको १५ दिनमा धुँलोमा ४० केजी जैविक मल तयार हुनेछ । उक्त मललाई किसानहरुले अग्र्यानिक तरकारी, फलफूल अन्न उत्पादनमा प्रयोग गर्न सक्नेछन् ।
सरसफाइ तथा फोहोर व्यवस्थापन शाखाका प्रमुख माधव पौडेलले दैनिक पालिकाभित्रबाट २५ टन गल्ने र नगल्ने फोहोर सङ्कलन हुने जानकारी दिनुभयो । २५ टनमध्ये १० टन गल्ने फोहोर सङ्कलन हुने गरेको छ । २८ लाखको लागतमा उक्त मेसिन जडान गरिएको हो ।

प्रकाशित : २० असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६