प्रदेश

प्रारम्भिक वालविकासलाई स्तरिय बनाउने प्रअको प्रतिवद्धता




पार्वती पाण्डे
कपिलवस्तु, २१ असार ।
प्रारम्भिक वालविकासलाई स्तरिय एवं सिकाई प्रभावकारी बनाउने प्रअको प्रतिवद्धता जनाएका छन ।सेतो गुराँस वालविकास सेवा कपिलवस्तुको आयोजना , शिवराज नगरपालिकाको सहकार्य र युनिसेफको सहयोगमा ६ दिने प्रधानाध्यापकहरुका लागि प्रारम्भिक वालविकास सम्बन्धि भैरहवामा भएको तालिम पश्चात प्रअहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।प्रारम्भिक बालशिक्षा र विकासको सबलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड कार्यान्वयन परियोजना’’ अन्तरगत उक्त तालिम दिइएको हो । कार्यक्रममा सहभागी समईथान मावि खैरेन्द्रपुरका शिक्षक नारायण बन्जाडेले तालिमले धैरै कुराको ज्ञान दिएको बताउनु भयो । साना साना व्यवहारीक कुराको सिकाईले तोते बोल्ने वालवालिकाको सिकाई र व्यवस्थापनमा निकै ठुलो टेवा मिल्ने बताउनु भयो ।


त्यस्तै तालिममा सहभागी दारुलउलुम सिद्धिकिया मदरसा प्राविका प्रअ शर्मिला पौडेलले तालिम फलदायी बनेको बताउदै सिकाईलाई पुर्ण रुपले कार्यान्वयनमा ल्याउने बताउनु भयो । यस प्रकारको तालिमले प्रारिम्भक वालविकासका स साना नानीहरुको चौतर्फी विकासमा विद्यालयको विशेष ध्यान जाने उहाँले जनाउनु भयो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भोजराज खनालले ‘‘४८ देखि ६० महिनाका बालबालिकाको प्रारम्भिक सिकाई तथा विकास मापदण्ड’’ ले यी उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा सिकाई गर्न उचित वातावरण, आधारभूत ज्ञान, सीप, व्यवहार र बानीहरूका लागि विभिन्न व्रिmयाकलाप गराउन निर्दिष्ट गरेको बताउनु भयो । सो बमोजिम वि.सं. २०७५ (सन् २०१९) अगावै ‘‘प्रारम्भिक सिकाई तथा विकास मापदण्ड’’मा आाधरित गरिएको सर्वेक्षण बमोजिम ५६५ बालबालिका (४ देखि ५ वर्ष उमेर) को सिकाई तथा विकास मापदण्ड अनुरूप रहेको तथ्यांकमा उल्लेख गरिएको पाइएको उहाँले जनाउनु भयो ।
६ दिन सम्म ३ चरणमा राखिएको तालिममा शिवराज नगरपालिकाका प्रावि , आधारभुततह , मावि गरि ६२ विद्यालयका प्रअहरुको सक्रिय उपस्थिती रहेको थियो । तालिममा शिवराज नगरपालिकाका शिक्षा प्रमुख पुर्ण विश्वकर्मा , संस्थाका कार्यक्रम संयोजक अनिता शर्मा , तालिम अधिकृत भगवती थापाले सहजिकरण गर्नु भएको थियो।
गुुणस्तरीय सिकाइको अवसरद्वारा प्रारम्भिक सिकाइको पहुँचका लागि गर्भावस्था देखि ५ वर्षसम्म उमेरका बालबालिका लक्षित कार्यव्रmमद्वारा नेपाल सरकार एवं समुदायको क्षमता अभिवृद्धि हुने छ ।


प्रारम्भिक सिकाई तथा विकास मापदण्डका लागि स्रोतहरू स्रोत सामग्री, सिकाई सुधार सामग्री मानव स्रोत) निर्माण भएको हुनेछ । प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा केन्द्रित प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रमका लागि स्थानीय सरकारबाट लगानी वृद्धि हुनेछ । प्रारम्भिक बाल सिकाई तथा विकास मापदण्डको कार्यान्वयनबाट बालबालिकाहरू लाभान्वित भएका हुनेछन् ।परियोजना लक्षित कार्यव्रmमहरूको नियमित अनुगमन तथा मूल्यांकनद्वारा गुणस्तरीयतामा सुधार हुने अपेक्षा गरिएको छ । सम्बन्धित स्थानीय सरकारमा एकीकृत प्रारम्भिक बालविकाससम्बन्धी नीतिगत, व्यवस्थापकीय प्रवन्धका साथै योजना तयारी र प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७ ।०८८ द्वारा निर्देशित गरिएअनुसार समिति गठन, कार्यढाँचा, कार्यविधि तथा कार्यान्वयन प्रव्रिmयासँग सम्बन्धित नियमावली तयार हुनेछ ।

प्रकाशित : २१ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६