प्रदेश

माओवादी केन्द्रीय समिति बैठक स्थगित




काठमाण्डौ, २१ असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । बिहान ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिने तयारी थियो । हिजो र अस्तिको बैठकमा नेताहरुले पालिका चुनावसम्बन्धी समीक्षा र पार्टी निर्माणबारे प्रश्न गरेका थिए । उनीहरुले केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठन गर्नुपर्ने माग राखेका छन् । यसपटक पनि पदाधिकारी चयनको विषय ओझेलमा पर्ने सम्भावना बढेको भन्दै नेताहरुले पदाधिकारी टुङ्ग्याउनु पर्नेमा जोड दिएका हुन् ।

यस्तै, पालिका चुनावमा कांग्रेस इमानदार नभएको भन्दै कांग्रेस वा गठबन्धनको बलमा शक्ति आर्जन गर्नुभन्दा पार्टीलाई बलियो बनाउनुपर्नेमा उनीहरुको जोड छ । पार्टीलाई बलियो बनाउनका लागि केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने उनीहरुको भनाइ छ । प्रचण्डले अस्ति पेस गरेको राजनीतिक प्रतिवेदनमा पनि पालिका चुनावमा कांग्रेस इमानदार र गम्भीर नभएको उल्लेख छ भने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पाँच दलबाहिर पनि गठबन्धन या तालमेल गर्न सकिने भनिएको छ ।

प्रकाशित : २१ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६