प्रदेश

गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्‍यु



गुल्मी, २१ असार । गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । मदाने गाउँपालिका वडा १ अग्लुङ निवासी १४ वर्षीय चन्द्र बिष्टको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी भीमबहादुर दाहालले बताए ।

एसपी दाहालका अनुसार मंगलबार बिहान परेको चट्याङले लागेर घाइते बिष्टको उपचारको लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै चट्याङ लागेर उनकी काकी ४२ वर्षीया संगीता बिष्ट घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २१ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६