प्रदेश

कोरोना सङ्क्रमण दर बढ्दै, सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय जना नाघ्यो



काठमाण्डौ, २१ असार । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय जना नाघेको छ । पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय एक जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । केही हप्ता लगातार बढिरहेको सङ्क्रमण दरका कारण सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेको हो । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी तीन हजार एक सय १२ जनाको नमुना परीक्षण गरेकोमा झन्डै तीन प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै थप २० जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । पछिल्लो २४ घण्टामा एक लाख ११ हजार पाँच सय ३१ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २१ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६