प्रदेश

अर्थमन्त्रीमाथि उठेका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्छ : पूर्णबहादुर खड्का




असार २२,
काठमाण्डौ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विषयमा उठेका विवादबारे तत्काल छानबिन गर्न माग गर्नु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टास लेख्दै उपसभापति खड्काले बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताउनु भएको छ ।
‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आम जनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यसलार्ई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ’ उहाँले लेख्नु भएको छ – ुविगतमा पनि संसदको यस्तो परम्परा छ । बरु ढिलो नगरौं आजै टुङ्गो लगाउँ ।’
अर्थमन्त्री जनार्दन शर्मामाथि संसदमा बजेट प्रस्तुत गर्नु अघिल्लो मध्यराति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर नै हेरफेर गरेको आरोप लागेको छ । यस पछि अर्थ मन्त्रालयको सिसिटीभि फुटेज पनि नभएको जवाफ दिए पछि उहाँको चर्को आलोचना भईरहेको छ । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि अर्थमन्त्री हटाउन दबाब परेको छ । तर, सत्ता गठबन्धनका कारण देउवा मौन रहेपछि उहाँकै पार्टीका नेताहरुले विरोध गर्न थालेका छन् ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६