प्रदेश

ई–रिक्सा व्यवस्थापन गरिँदै




नेपालगञ्ज, असार २२ । नेपालगञ्ज बजारक्षेत्रलगायत आसपास कतिवटा ई–रिक्सा सञ्चालनमा छन्, स्पष्ट तथ्याङ्क कुनै पनि निकायसँग छैन । सो क्षेत्रमा करिब १५ हजारको हाराहारीमा ई–रिक्सा सञ्चालनमा रहेको अनुमान गरिए पनि स्पष्ट तथ्याङ्क नहुँदा व्यवस्थापनमा समस्या देखिएको छ ।
अत्यधिक ई–रिक्साका कारण सबैजसो सडकमा अनावश्यक जाम लाग्ने, दुर्घटना हुने तथा अव्यवस्थित तरिकाले चलाउने र पार्किङ भद्रगोल हुन थालेसँगै ई–रिक्सालाई व्यवस्थित गर्न नेपालगञ्ज उपमहानगरपालिकाको सक्रियता बढेको छ ।
ठूलो सङ्ख्यामा रहेको ई–रिक्सा व्यवस्थित नभएका कारण दुर्घटना बढ्दै गएको र ट्राफिक अव्यवस्थित भएको तथा जनगुनासो आएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।
यहाँ सञ्चालित ई–रिक्साको सही तथ्याङ्क पत्ता लगाउन आगामी साउन १५ गतेभित्र सूचीकृत गरिने बताइएको छ । यस विषयमा सम्बद्ध सबै निकायसँग छलफल भइसकेको छ ।
नेपालगञ्जका उपमेयर कमरुद्दिन राईले ई–रिक्सा व्यवस्थापन नगरको मुख्य टाउको दुःखाइको विषय भएको गुनासो गर्दै उचित व्यवस्थापनका लागि सबैले मिलेर काम गर्नु आवश्यक भइसकेको बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले ठूलो सङ्ख्यामा रहेका ई–रिक्सा सडक जाम र दुर्घटनाको कारक बनेकाले व्यवस्थित नगरेसम्म समस्या आइरहने बताउनुभयो ।
यहाँका चार पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनलाई जहाँ पायो त्यही पार्किङ गर्न निषेध गर्नुपर्ने र धेरै ठाउँमा एकतर्फी सवारी साधन सञ्चालन गर्नुपर्ने प्रबन्ध मिलाउनु आवश्यक भएको उहाँले बताउनुभयो ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६