प्रदेश

बालबालिका शिक्षित भए मात्रै समाज सभ्य बन्ने : भूषाल




भगवती न्यौपाने
असार २१ कपिलवस्तु ।
बालबालिका शिक्षित भए मात्रै समाज सभ्य बन्ने सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुको प्रमुख सूर्य प्रसाद भुषालले बताउनु भयो । सामाजिक विकास डिभिजन कार्यालय गजेहडा कपिलवस्तुको आयोजना, प्रदेश कार्यलय स्काउट लुम्बिनीको समन्वय र नेपाल स्काउट बुद्धभुमि नगरपालिका समितिको प्राविधिक सहयोगमा स्काउट प्रारम्भिक अभिमुखिकरणको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । विद्यालयका बालबालिकाहरुलाई स्काउटिङ शिक्षामा जोड्न यो कार्यक्रमले धेरै सहयोग पुग्ने उहाको भनाई छ ।
सामाजिक विकास डिभिजन शाखा अधिकृत माधव बन्जाडेले बालबालिका तथा युवा वर्गलाई शरिरिक, मानसिक र बौद्धिक विकास गरी तिनिहरुलाई अनुशासित बनाउन नेपाल स्काउटले धेरै टेवा पुग्ने बताउनु भयो । नेपाल स्काउट प्रदेश सदस्य भगवती न्यौपानेले सामाजिक सेवाभाव प्रति आकर्षित गराउन, शान्ति, शुशासन, मेलमिलापका बारेमा बुझाउन स्काउटले भुमिका खेल्ने बताउदै सहभागि विद्यार्थीलाई सिकेका कुरा व्यवहारमा प्रयोग गर्न आग्रह गर्नु भयो ।
स्काउट प्रारम्भिक अभिमुखिकरण कार्यक्रममा ३० जना छात्रछात्राहरुको सहभागिता रहेको थियो । कृष्ण प्रसाद भट्राईको संमयोजकत्व लिलामणि गैरे ,रोमहर्ष पन्थी र सृष्टि भटराई ४ जना प्रशिक्षकहरुले विद्यार्थीलाई ५ दिन सम्म स्काउटको स्थापना देखि स्काउटको नियम, कसरी नेतृत्व गर्ने,स्काउट र शिक्षा, समाज सेवा लगायत विद्यालयमा स्काउट कसरी सञ्चालन गर्ने लगायतका महत्वपुर्ण कुराहरु सिकाउनु भएको थियो ।
यता प्रशिक्षार्थि युवराज थारु र सुस्मिता थारुले बोल्दै आफुले सिकेका कुरा विद्यालयमा गएर सिकाउने र आफुले सधै स्काउटको नियम पालाना गर्ने बताउनु भयो । सहभागि विद्याथीलाई स्काप र प्रमाण पत्र पनि दिइएको थियो । समापन कार्यक्रमको सञ्चालन नेपाल स्काउट बुद्धभुमि पालिका संयोजक कृष्ण प्रसाद भट्राई गर्नु भएको थियो ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६