असार २२,
स्याङ्जा – पछिल्लो समय नगरपालिकाले मात्रै होइन धेरै निकायले प्रविधि हस्तान्तरणको रुपमा किसानहरुलाई हाते ट्याक्टर वितरण गरिरहेका छन् । गाडी रिजर्भ नै गरेर गाँउ गाँउ पु¥याइएका हाते ट्याक्टरहरुमा सानो समस्या आउँदा फेरि गाडी नै रिजर्भ गरेर बजार पु¥याउनु पर्ने समस्या थियो । तर अब भने यो समस्याबाट स्याङ्जा, वालिङका कृषकहरुले पार पाउने भएका छन् ।
वालिङ नगरपालिकाले आफ्नो पालिकाभित्रका कृषकहरुलाई हाते ट्याक्टर मर्मत गर्ने एड्भान्स तालिम प्रदान गरेको छ । जसले गर्दा कृषकहरुले गाँउमा नै हाते ट्याक्टरको मर्मत गर्न सक्ने भएका हुन् । वालिङ नगर भित्र मात्रै विभिन्न निकायले वितरण गरेका दुई हजार भन्दा बढी हाते ट्याक्टर रहेकाछन् । जसको गाँउमा नै मर्मत हुन सके उत्पादनमा लागत कम पर्ने र कृषकहरुलाई पनि सहज हुने वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।
कृषकहरुको मागको आधारमा तालिम सञ्चालन गरिएको भन्दै नगर उपप्रमुख कविता तिवारीले अब गाँउ गाँउमा नै हाते ट्याक्टरको मर्मत गर्न सक्ने सक्षम जनशक्तिm तयार भएको जानकारी गराउनु भयो । हाते ट्याक्टर बिग्रिँए किसानहरुलाई आर्थिक मार पर्ने गरेको भन्दै बाहिरबाट दक्ष प्राविधिक बोलाएर तालिम सञ्चालन गरिएको तिवारीले बताउनुभयो ।
२२ असार २०७९, बुधबार
प्रतिक्रिया