पार्वती पाण्डे
कपिलवस्तु, २२ असार
कपिलवस्तु नरपालिका वडा नं ९ पर्यटकिय स्थल जगदिशपुरमा वुधवार एक कार्यक्रमका विच अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै जगदिशपुरको आवश्यकता र स्थानीयको मागको आधारमा अस्थायी प्रहरी चौकी स्थापना भएकोमा कपिलवस्तुका मेयर सुदिप पौडेलले सबै प्रति धन्यवाद दिनु भएको छ । मेयर पौडेलले अस्थायी मात्र होइन , स्थायी प्रहरी चौकी बनाउन आफुले ठुलो भुमिका खेल्ने बताउनु भयो । प्रहरी चौकीलाई चाहिने आवश्यक सहयोग गर्ने समेत मेयर पौडेलले जनाउनु भयो ।
प्रदेशकै पर्यटकिय गन्तव्यको रुपमा रहेको जगदिशपुमा अव वित्तिय संस्था , व्यापार व्यवसाय , शान्ति सुरक्षा मजवुद हुने मेयर पौडेलले बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले स्थानीयको सक्रियताले जगदिशपुर ताल आसपासको क्षेत्रको विकास हुने बताउनु भयो । शान्ति सुरक्षाको मजवुदताले व्यापार व्यवसायलाई ठुलो सहयोग हुने उहाँले जनाउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दान वहादुर कार्कीले जगदिशपुर ताल नेपाललाई चिनाउने महत्वपुर्ण स्थल भएको र आवश्यकता अनुसार अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताउनु भयो । उहाँले अगाडि भन्नु भयो जसले आफ्नो शरीरलाई माया गर्छ, उसले प्रहरीलाई पनि माया गर्छ , स्थानीयको माया , सदभाव र सक्रियताले नै अस्थायी प्रहरी चौकीलाई स्थायी गर्न सकिने बताउनु भयो । कार्यक्रममा वडा नं ९का अध्यक्ष दिपक गुरुङले स्थानीयको प्रहरी चौकीको मागलाई सम्बोधन गरिएकोमा सबै प्रति हार्दिक आभार व्यक्त गर्नु भयो । अब यस क्षेत्रको व्यापार , व्यवसायको विकास हुने समेत उहाँले धारणा राख्नु भयो । कार्यक्रममा समाजसेवी ललित गुरुङ , अब्दुल रसिद खाँ, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपक बाबु जोशी लगायतले बोल्नु भएको थियो । कार्यक्रको सञ्चालन प्रहरी सहायक निरिक्षक हिराधर खनालले गर्नु भएको थियो । अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरिक्षक सुरज केवटको कमाण्डमा ५ जना कर्मचारीको टोली वुधवारदेखि नै काममा खटिएको प्रेस पाटीलाई जानकारी गराइएको छ ।
२२ असार २०७९, बुधबार
प्रतिक्रिया