प्रदेश

भन्सार छलेर ल्याईएको अबैध मल कपिलवस्तु प्रहरीद्धारा बरामद




कपिलवस्तु, २२ असार ।

कपिलवस्तुमा भन्सार छलेर ल्याईएको अबैध डिएपी र यु्रिया मल बरामद गरिएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका दोहनी चोक स्थित तौलिहवा भैरहवा सडक खण्डमा भारतबाट विना भन्सार र विना विल ढुवानी गरी लुकाई छिपाई वेवारिसे अवस्थामा राखिएको अबैध १९ बोरा डिएपी मल र २ बोरा युरिया मल बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त अबैध मल करिब ४८ हजार ९ सय मुल्य बराबर रहेको प्रहरीले बताएको छ । बरामद गरिएको डिएपी र युरिया मल आवश्यक कारवाहीको लागि सुठौली भन्सार कार्यालयमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६