काठमाण्डौ, २३ असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनु हुनेछ ।
यसअघिको बैठकमा नेताहरुले पालिका चुनावसम्बन्धी समीक्षा र पार्टी निर्माणबारे प्रश्न गरेका थिए । यसपटक पनि पदाधिकारी चयनको विषय ओझेलमा पर्ने सम्भावना बढेको भन्दै नेताहरुले पदाधिकारी टुङ्ग्याउनु पर्नेमा जोड दिएका छन् । आजको बैठकमा अध्यक्ष प्रचण्डले पोलिटब्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना पनि रहेको छ ।
गएको मङ्गलवारको पूर्वपदाधिकारीहरुको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । नामावली टुङ्गो लगाउन प्रचण्डले हिजो र अस्ति आन्तरिक छलफल गर्नु भएको थियो ।
प्रतिक्रिया