प्रदेश

दाङमा राप्ती नदीले बगाउँदा एक जना पुरुषको ज्यान गयो




असार २४ दाङ ।
दाङको देउखुरीमा राप्ती नदीले बगाउँदा एक जना पुरुषको ज्यान गएको छ । नदीले बगाउँदा राप्ती गाउँपालिका–४, मौरीघाटका ४२ वर्षीय शङ्कर चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
हिजो हँसिया, खुर्पा र फरुवामा आरन लगाउन मौरिघाटबाट गढवा गाउँपालिका—१ जेठान गाउँ जाने क्रममा चौधरीलाई नदीले बगाएको थियो। चौधरीलाई नदीले बगाएर देउखुरीको सिसहनियाँ—महदेवा जोड्ने पुल मुनि पु¥याएको थियो । चौधरीको शव पुलमुनि देखेपछि स्थानीयले हिजो बेलुका प्रहरीलाई खबर गरेका थिए। चौधरीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २४ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६