काठमाण्डौ, २७ असार । नेकपा एमालेका सांसदहरुले प्रहरीको लागि हतियार किन्न सरकारले तयारी गरेको भन्दै विरोध गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद नवराज सिलवालले अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय छोड्दै गर्दा हतियार किन्न ८४ करोड रकमान्तर गरेको भन्दै विरोध गर्नुभयो ।
‘बिचौलियालाई र राजनीतिक शक्तिलाई पैसा चाहिएपछि हतियारको कुरा उठाइन्छ’ उहाँले भन्नुभयो, ‘बिचौलिया आफैँ फाइल खडा गर्छन् अनि सदर गर्न प्रहरीमा दबाब दिन्छन् ।’ अर्थतन्त्र तहस नहस हुने अवस्थामा आवश्यक नै नपरेको हतियार खरिद गर्न लागेको उहाँको टिप्पणी छ ।
यस्तै, सांसद डाक्टर शिवमाया तुम्बाहाम्फेले पनि किसानले मल नपाइरहेका बेला सत्ता गठबन्धन आफ्नो स्वार्स्थमा मात्रै केन्द्रित भएको आरोप लगाउनु भएको छ ।
प्रतिक्रिया