प्रदेश

सितगंगाको सितखोलामा पुल नहुँदा स्थानियलाई सास्ती, विद्यार्थीलाई जोखिम



अर्घाखाँची, २७ असार । अर्घाखाँचीको सितगंगा नगरपालिकाको खैरेनी दमारवेसि स्थित सितखोलामा पुल नहुँदा स्थानीयले वर्षयौँदेखि सास्ती खेप्नु परेको छ । यतिसम्मकी त्यहाँका स्थानीयहरु आफ्ना छोराछोरीलाई विद्यालय पठन पठाउँदा ज्यान जोखिममा राखेर डोकोको माध्यमबाट खोला तार्न विवश छन् ।

यीनै मध्येकी एक हुन् सितगंगा नगरपालिका–७ की झरना पुलामी कुमाल । उनले आफ्नो ६ वर्षे छोरा राजन कुमाललाई डोकोमा राखेर खोला तारेर स्कूल छोड्ने ल्याउने गर्छिन् । उनका छोरा राजन कुमाल श्री ऐरावती आधारभूत विद्यालय सितगंगा नगरपालिका–७ रातामाटामा कक्षा २ मा अध्ययन गर्छन् । झरनाले मात्रै होइन, त्यहाँका अन्य स्थानीयले पनि झरनाले जस्तै आफ्ना साना छोरा छोरीलाई त्यसैगरी स्कूल लाग्ने छोड्ने गर्छन् । ‘पुल छैन् डोकोमा राखेर ल्याउने लाने गर्छु। वर्षायाम स–साना नानिबाबुलाई स्कुल पठाउन धेरै धेरै समस्या छ । हामो दुःख कस्ले सुन्ने ? पुल नहुँदा हामी धेरै समस्यामा परेका छौँ’–उनले भनिन् ।

निर्वाचनको बेलामा पुल बनाइदिन्छौँ भन्दै आश्वासन दिएको धेरै समय भए पनि अहिलेसम्म पुल नबनेको झरनाले गुनासो गर्छिन् । ‘४÷५ वर्ष पहिला पनि खोलामा पुल निर्माणका लागि नापजाँच गर्न आएका थिए । केही दिन अघि पनि नापजाँच गर्न भनेर आएका थिए ।’ उनले भनिन् ‘ झोलुङ्गे पुल बने हामीलाई धेरै सहज हुने थियो ।’

साविक सिद्धारा गाविस वडा नम्बर ७ र साविक जलुके गाविस वडा नम्बर २ र ३ का स्थानीय दैनिक उपभोग्य साम्रगीदेखि औधषी उपचारका लागि प्युठानको दवाङ्गमा जार्ने गर्छन् । यस्तै अध्ययन गर्नका लागि त्यँहाका बालबालिका श्री ऐवरात आधारभूत विद्यायलमा जाने गरेका छन् । आधारभूत विद्यायलमा कक्षा ५सम्म अध्ययन हुन्छ । त्यहाँ भन्दा माथि अध्ययन गर्ने प्यूठानको सस्वती उच्च माध्यमिक विद्यालयमा जान्छन् । तर, खोला ठूलो हुँदा त्यँहाका बालबालिका न त अध्ययन गर्नका लागि जान पाउँछन् न त दैनिक साम्रगी किन्नका लागि नै ।

खोलामा पुल नबन्दा वर्षायाममा स्थानीयलाई आवजावत गर्न धेरै समस्या भएको वडा नम्बर ७ का वडाध्यक्ष देविराम घिमिरे बताउँछन् । ‘पुल नहुँदा यहाँका स्थानीयहरुले धेरै सास्ती पाएका छौँ । हामीहरु दैनिक उपभोग्य साम्रगीदेखि यहाँका विद्यार्थी अध्ययनका लागि प्यूठानको दवाङ्ग जार्नु पर्छ । वर्षायाममा खोला ठूला हुँदा जाने अन्य वैकल्पिक व्यवस्था छैन्।’–उनले भने।

झोलुङ्गे पुल निर्माणका लागि बजेट पर्ने गरेको भए पनि सम्बन्धीत निकायले वेवस्ता गर्दा अहिलेसम्म पुल निर्माण हुन नसकेको बताउँछन् ।‘ म वडाध्यक्षमा निर्वाचित भए पछि यहाँको समस्याको बारेमा नगरमा निवेदन दिएको छु । पक्कै पनि नगरले पुल निर्माणका लागि तत्काल पहल गर्ने आशामा छौँ।’–उनले भने ।

प्रकाशित : २७ असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६