रुपन्देही, २७ असार । बुटवल नेपालकै पहिलो १२ वर्षभन्दा माथि कोभिड–१९ रोगविरुद्ध पूर्ण खोप सुनिश्चितता उपमहानगर बनेको छ ।
सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आथित्यता, स्वास्थ्य मन्त्री इन्द्रजीत थारुको विशिष्ट आथित्यता र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता उपमहानगर घोषणा गरिएको हो ।
बुटवल उमपहानगरपालिकामा १ लाख ९५ हजार ५६५ जनसंख्या रहेकोमा १२ वर्ष माथिका संख्या १ लाख ३४ हजार ७३० रहेको छ । जसमध्ये ११७ प्रतिशत अर्थात १ लाख ५७ हजार २९३ जनाले पूर्ण मात्रामा खोप लगाएको उपमहानगरले जनाएको छ । खोप लगाएका मध्ये २२ हजार ६६३ जना बुटवल उमपहानगर भन्दा बाहिरका नागरिक हुन् ।
यस्तै ५ वर्ष भन्दा माथिका बालबालिकालाई पहिलो मात्रा लगाई सकिएको र दोस्रो मात्रा लगाउने पक्रियामा रहेको उपहानगर प्रमुख खेलराज पाण्डेयले बताए । उपमहानगरले हाल १२ वटा स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया