कपिलवस्तु, २७ असार ।
संघिय निजामती सेवा ऐन समयमै जारी गराउनुपर्ने लगायत विभिन्न माग राखेर कर्मचरी संघ संगठनहरुले देशव्यापी रुपमा आज देशैभरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय स्तरका क्रियाशिल टे«ृड युनियनहरुको समन्वयमा कपिलवस्तु जिल्लामा पनि निजामती कर्मचारीका विभिन्न संघ संगठनहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रा मार्फत प्रधानमन्त्री शेयर बहादुर देउवा समक्ष ज्ञापन पत्र पेश गरेका हुन् ।
कपिलवस्तुमा क्रियाशिल नेपाल निजामती कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च लगायतले संगठनहरुले आज संयुत्त, रुपमा ज्ञापन पत्र पेश गरेका हुन् ।
संविधान जारी भएको लामो समय हुंदा समेत संघीय निजामती सेवा ऐन आउन नसक्दा कर्मचारीको वृद्धि विकास र करिअरमा समेत असर पुग्ने भन्दै देशव्यापी अभियानको रुपमा कपिलवस्तुमा पनि ज्ञापन पत्र पेश गरिएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला अध्यक्ष प्रकाश गौतमले जानकारी दिनुभयो ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला अध्यक्ष प्रकाश गौतम, नेपाल कर्मचारी युनियन जिल्ला अध्यक्ष झक बहादुर आले, राष्ट्रिय कर्मचारी संगठनका जिल्ला सचिव निराजन गडेरिया, नेपाल मधेशी निजामती कर्मचारी मञ्चका जिल्ला अध्यक्ष राजेन्द्र मिश्र लगायतद्धारा हस्ताक्षरीत विज्ञप्ति पेश गरिएको हो ।
प्रतिक्रिया