जीवनशैली

रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुद्धारा बृक्षारोपण




कपिलवस्तु, ०५ साउन ।
पछिल्लो समय महगाँ होटल तथा क्याफेमा अत्याधिक पैसा खर्च गरी जन्मदिन मनाउने प्रचलन बढीरहेको बेला रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष धर्मराज भट्टराइको जन्मदिनको अवसरमा भने वृक्षारोपण गरीएको छ । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा बाणगंगामा रहेको मधुवन धाम, विपश्याना केन्द्रको बगैचामा वृक्षारोपण गरीएको हो ।जन्मदिन लाई केही सार्थक तथा उपलब्धीमुलक बनाउने उद्देश्य सहित विपश्याना केन्द्रको बगैचामा आँप, लिची, अम्बा लागयत विभिन्न प्रजातिका फलफुल र अन्य विरुवा समेत रोपीएको अध्यक्ष भट्टराईले बताउनु भएको छ ।
वृक्षारोपण कार्यक्रममा बोल्दै भट्टराइले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गर्नको लागी सहयोग गरेको भन्दै क्लब र अन्य उपस्थित सम्पुर्णमा धन्यवाद ब्याक्त गर्नुभएको थियो । वातावरण कस्तो बनाउने भन्ने जिम्मा मानब जगतको हातमा रहेको हुँदा यसलाई स्वच्छ, सफा राख्नको लागी आफुले जन्मदिनको दिन वृक्षारोपण गरेको उहाँले बताउनु भएको छ । कार्यक्रममा ईलेक्ट प्रेसिडेन्ट टोपनारायण बेल्वासे, नोमिनि प्रेसिडेन्ट कृष्ण प्रसाद पराजुलि, फस्ट भिपि कृष्ण प्रसाद भट्टराई, सेक्रेटरी बेदुराम पोख्रेल, रोटरीयन असिम क्षेत्रि, नरेस कुवंर, सुसिल भट्टराई, फस्ट लेडि लक्ष्मी भट्टराइ लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा रोटरीयनका करिव २० जनाको उपस्थिती रहेको थियो ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६