राजनीति

नेसपा केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री चौधरी नेकपा एमालेमा प्रवेश 



काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपाबाट विद्रोह गरेर नेपाल समाजवादी पार्टीको संस्थापक उपाध्यक्ष बनेका चौधरी एमाले प्रवेश गरेका हुन् ।सोमवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा चौधरीसहित नेसपाका लुम्बिनीका नेताहरू पार्टी प्रवेश गरे ।

२०५६ सालमा एमालेबाट कपिलवस्तु २ को सांसद निर्वाचित भएका चौधरी मधेस आन्दोलनसँगै तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भएर चुनाव लडेका थिए । उनी यसबीचमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेका थिए ।

चौधरी १५ वर्षपछि पुनः एमालेमा फर्किएका हुन् । सोही कार्यक्रममा दाङको बंगलाचुली गाउँपालिकाका पूर्व उपाध्यक्ष यमुना थापा मगर पनि माओवादी त्यागेर एमालेमा प्रवेश गरेकी छन् ।

नव प्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेल, सल्लाहकार परिषद्का सभापति अमृत बोहोरा लगायतका नेताले स्वागत गरेका थिए ।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६