प्रदेश

रुकुम पूर्वमा बस दुर्घटना : एकै घरका तीनसहित ६ जनाको मृत्यु



रुकुमपूर्व ७ आश्विन । रुकुमपूर्वमा बस दुर्घटना हुँदा एक घरका तीनसहित ६ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो।
दुर्घटनास्थलमा तीन र रुकुमपूर्व अस्पताल ल्याउने क्रममा तीन गरेर दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। जिल्लाकै सिस्ने गाउँपालिका–६ का ४० वर्षीया लक्ष्मी खड्कासहित उनका दुई छोराको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिए । खड्काका छोरा दुई वर्षीय सिजन खड्का र छ वर्षीय साइमन खड्काको मृत्यु भएको हो।
यसैगरी बस चालक रामेछापका २६ वर्षीय लिलाम श्रेष्ठ, रुकुमपूर्व भूमे गाउँपालिका–५ का २३ वर्षीय कहिमान बुढा, जिल्लाकै पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ३५ वर्षीय पूर्णबहादुर बुढाको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिए।
काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बसमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ। चार जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाँकेको कोहलपुर मेडिकलमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर खत्रीले जानकारी दिए।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६