ब्रेकिंग न्युज

हेटौंडामा पौडी खेल्न गएका तीन जना बालक बेपत्ता



हेटौंडा । हेटौंडामा पौडी खेल्न गएका तीन जना बालक बेपत्ता भएका छन् । शुक्रबार खोलामा पौडी खेल्ने क्रममा ती बालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।हेटौंडा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका हुन् ।साँझ साढे पाँच बजे चार जना बालक पौडी खेल्न खोलामा गएका थिए । तीमध्ये एक जना बालकको उद्धार गरिएको छ । उद्धार गरिएका बालकका अनुसार उनीहरू हेटौंडा–१५, फायरलाइनबाट पौडी खेल्न गएका थिए ।हराइरहेका बालकको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले उद्धार गरिरहेको छ ।-न्युज कारखाना

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६