हरिघिमिरे कपिलवस्तु , ८असोज ।कपिलवस्तुको बाणगंगा वडा न. ८ मा रहेको नव प्रभात सामुदायिक वन उपभोक्ता समुहले १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार वनको प्राङ्गगणमा १२ औं बार्षिक साधारण भएको हो । साधारण सभामा वन ऐन नियम अनुसार गर्नुपर्ने उत्पादनशिल वनको हकमा उपभोक्ता समूहको चाहनामा समूहले वन संवर्धन प्रणालीमा गर्नुपर्ने भुमिकाको विषयमा आधारित कार्ययोजना तयार गरी प्रस्तुत गरिएको थिायो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन वन अधिकृत विजयराज सुवेदिले वनको व्यावस्थापन, गरिव उपभोक्ताहरुलाई कसरी माथी उठाउने, वनको हेरचाह कसरी गर्ने भन्ने कुराहरु सबैले बुझ्न जरुरी रहेको बताउनुभयो । यस्तै उहाँले सामुदायिक वनहरुले बाटोघाटोको काम मात्रै नगरेर लक्षित वर्गका लागि विशेष कार्यक्रमको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । वन उहाँले विगतमा वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार वन कार्ययोजना तयार गरी कार्यान्वयन हुदैं आएको बताउनु भयो । नमूना मापनको आधारमा वनश्रोत सर्वेक्षण गरी मौज्दात आँकलन गरि वार्षिक स्वीकार्य कटानमा आधारित वन व्यवस्थापन गरिदै आएको उहाँको भनाई छ ।
२०७१ सालमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि अनुसार वन संवर्द्धन प्रणालिमा आधारित व्यवस्थापन हुंदै आइरहेकोमा हाल कार्यविधि खारेज भएको छ । २०७१ वमोजिम तथा सो अगावै तयार भै कार्यान्वयन भएका सामुदायिक, साझेदारी तथा चक्ला वनको कार्यायोजना कार्यान्वयनमा अन्यौलता सिर्जना भएको सुवेदिको भनाई छ । कार्यक्रममा उहाँले दिगो वन व्यवस्थापनको जानकारी दिदैं भन्नुभयो “वनले प्रदान गर्ने वस्तु (काठ दाउरा जडिबुटी आदि) तथा सेवा (जैविक विविधता कार्वण शोषण, हरियाली, पानी रिचार्ज गर्ने, खाद्य तत्व साइकल गर्ने आदि) को निरन्तरता वा अभिबृद्धि हुने गरी गरिने वन व्यवस्थापन नै दिगो वन व्यवस्थापन हो ।” ‘दिगो वन व्यवस्थापन एक अवधारणा हो ।’ यसलाई हासिल गर्न वन विज्ञानका सिद्दान्तको आधारमा बिभिन्न वन संवर्दन तथा व्यवस्थापनका कृयाकलापहरु ब्यवस्थित रुपमा लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा वनका सचिव शारदा ढकाल थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रगति प्रतिवेदन वनका कोषाध्यक्ष बाबुराम भण्डारीले प्रस्तुत गर्नु भएको थियो । यस्तै कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को लेखा प्रगति प्रतिवेदन लेखा संयोजक विष्णु गिरीले प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभामा वनका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षता, उपाध्यक्ष मित्रलाल कडेलको स्वागत तथा सचिव सारदा ढकाल थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा करिव ६ सय बढि उपभोक्ताको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया