प्रदेश

अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या



अर्घाखाँची ७ आश्विन । अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान‍्को आक्रमणबाट श्रीमतीको ज्यान गएको छ ।
जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउँसो करिब ४ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको हो ।
पारिवारिक विषयमा आपसी बिबाद हुँदा ५३ वर्षीय पिताम्बर भुसालले लोहोराले हानेर श्रीमती ५० वर्षीया मनकला भुसालको हत्या गरी प्रहरीमा आफैँ समर्पण गरेको स्थानीयले जानकारी दिएका छन् ।
घटनाको थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख होमनाथ रेग्मीले जानकारी दिए ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६