प्रदेश

लुम्बिनीका १२ जिल्लामा ट्राफिक प्रहरीका ५० वटा हेल्पडेस्क, यात्रुको सुरक्षामा हामी तत्पर छौँ : प्रहरी उपरीक्षक थापा



बुटवल ८ आश्विन । चाडपर्व नजिकिँदै गर्दा यात्रुहरुलाई यात्राको क्रममा समस्या नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफीक प्रहरी ब्यवस्थापन कार्यालय बुटवलले बुटवल लगाएत लुम्बिनी प्रदेशका १२ जिल्लाका ५० ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
यात्रुहरुको यात्रा सहज सुखद बनाउन हेल्प डेक्स यात्रु सहायता कक्ष सञ्चालन गरिएको राजमार्ग सुरक्षा ट्राफिक ब्यवथापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले बताए ।
यात्रुहरुको यात्रा सुरक्षित र सहज बनाउने सवारी साधन नपाएर अलपत्र परेका यात्रुहरुलाई गन्तवय मा पुर्याउन हेल्प डेक्स स्थापना गरिएको हो । तीन वटा संस्था, पश्चिम नेपाल बस ब्यबसायीको तर्फबाट एकजना नेपाल प्रहरीका एक जना र ट्राफिक प्रहरीको एकजना चौबिसै घन्टा खटिने गरी यात्रु सहायता कक्ष स्थापना गरिएको प्रमुख थापाले जनाए ।
पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले हेल्प डेक्सले यात्रुहरुलाई सहज र सुरक्षित बनाउने बताए । उनले भने ‘हामी ब्यवसायीले राज्यले दिनुपर्ने सुविधा भन्दा राम्रो सेवा दिएका छौं । सडकमा गुड्दै गरेका सार्वजनिक सवारीलाई ट्राफिक प्रहरीले गर्ने ब्यवहारमा समेत सुधार आउनु पर्छ । निजी सवारीहरुलाई जानुस भन्ने तर, सार्वनिक जस्ले धेरैको सेवा गरेको हुन्छ, उसलाई जा गैहाल जस्ता शब्दले पनी चालकहरुलाई हेरेसमेन्ट गरेको छ यसलाई सुधार गर्नु जरुरी छ ।’
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले यात्रुहरुको सुरक्षा र सहज यात्रामार्फत गन्तव्यमा पुर्याउन ब्यवसायीहरुको दायित्व रहेको भन्दै यात्रु सहायता कक्ष स्थापनाले धेरै यात्रुहरुलाई सहयोग मिल्ने बताए ।
यातायात मजदुर संगठनका नेता ठाकुर गैरेले सबै पक्ष मिलेर यात्रुहरुको यात्रा सुरक्षित र सहज बनाउनु पर्ने बताए । उनले चालक र सहचालक मात्र नभई यात्रुहरुपनि जिम्मेवार भएर यात्रा गर्न जरुरी रहेको बताए ।
कार्यक्रमा प्रहरी नायब उपरीक्षक मोहन खाँण,प्रहरी निरीक्षक अमृत भण्डारी, प्रा।लिका।जीवन बन्जाडे, नाराण घिमिरे रामचन्द्र भुसाल, हुमान्द खनाल लगाएतले सुभकामना दिएका थिए ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६