प्रदेश

कपिलवस्तुमा बलेरो र मोटरसाइकल ठोकिदाँ मोटरसाइकल चालकको निधन



कपिलवस्तु, ०८ असोज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा शनिबार विहान पिकअप बलेरो र मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालकको निधन भएको छ ।

पश्चिमबाट पूर्व तर्फ गइरहेको बा.प्र.०१/०२५ च ९२४४ नम्बरको वलेरो र विपरित दिशाबाट आइरहेको लु. ५७ प ५८०३ नम्बरको मोटरसाइल ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनामा बाइक चालक अन्दाजी ४५ बर्षका चन्द्रमणी ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको वडा प्रहरी कार्यालय प्रमुख कपिल शाहीले जानकारी दिनुभयो । बलेरो र चालक प्रहरी नियन्त्रण रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६