प्रदेश

अरिङ्गाल पोल्ने क्रममा एकको मृत्यु, पाँच जना घाइते



प्युठान ९ आश्विन । जिल्लाको गौमुखी गाउँपालिका–५ खुङमा अरिङ्गाल पोल्ने क्रममा एक जनाको मृत्यु भएको छ । अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि रुखबाट लड्दा कृष्ण थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताए ।
प्रहरीका अनुसार गएराति करिब ११ बजे भएको घटनामा ३५ वर्षीय थापाको मृत्यु भएको हो । अरिङ्गाल पोल्न गएका थप पाँच जना अरिङ्गालको टोकाई बाट घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको प्युठान अस्पताल विजुवारमा उपचार भइरहेको छ । खुङको खाल ओडारमा अरिङ्गाल पोल्ने क्रममा घटना भएको वडा अध्यक्ष बरुणध्वज मल्लले जानकारी दिए ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६