प्रदेश

राष्ट्रपतिद्धारा चुनावमा सेना परिचालन गर्न स्वीकृति



काठमाण्डौ, ०९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले एकीकृत सुरक्षा कार्ययोजना २०७९ु मा उल्लेख भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मकरूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को गएको भदौ १७ गतेको बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को भदौ २७ को निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भदौ २७ को पत्रबमोजिम चुनावमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६