ब्रेकिंग न्युज

बङ्ग्लादेशमा डुङ्गा पल्टिँदा कम्तीमा २३ जनाको ज्यान गयो




असोज ९, एजेन्सी ।

बङ्ग्लादेशमा डुङ्गा पल्टिँदा कम्तीमा २३ जनाको ज्यान गएको छ । डुङ्गा पल्टिँदा अरू कैयौँ हराइरहेका बङ्ग्लादेशका अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

राजधानी ढाकाबाट चार सय ६८ किलोमिटर टाढा रहेको पञ्चगढ जिल्लाको करातोया नदीमा दिउँसो डुङ्गा पल्टिएको हो । महिला र बालबालिकासमेत गरी २३ जनाको शव निकालिएको र खोजी कार्य भइरहेको पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६