प्रदेश

नेपाल किसन ट्याकटर समितीद्धारा रत्तदान, ७६ पोईन्ट रगत संकलन




हरि घिमिरे
कपिलवस्तु, १० असोज ।
नेपाल किसन ट्याकटर समितिद्धारा आयोजित रत्तदान कार्यक्रम बाट ७६ पोईन्ट रगत संकलन भएको छ । समितिले २१ औं बर्षिक उत्सवको अवसर पारेर रत्तदान कार्यक्रम गरेको हो । समितीको आफ्नै सभाहलमा भएको कार्यक्रममा विभिन्न संघ सस्था लगाएतका ७६ जना पदाधिकारीले रगत दान गरेका छन् । नेपाल रेडक्रस सोसाईटि रत्त संचार केन्द्र बुटवलको प्रविधिक सहयोगमा रत्तदान जिवनदान कार्यक्रम गरिएको बताईएको छ । कार्यक्रममा नेपाल किसान ट्याकटर समिती कपिलवस्तुका सचिव सन्तोष मरासिनिको संयोजकत्व, रत्त संचार केन्द्र प्रमुख तथा लुम्बिनी प्रदेश संयोजक कृष्ण प्रसाद पंगेनिको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको समितीले जनाएको छ । कार्यक्रममा रगत दान गर्ने सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो । वडा न.८का वडा अध्यक्ष बाबुराम अर्याल, नेपाल किसान ट्याकर समितीका अध्यक्ष शंकर प्रसाद पौडेलको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको संचालन संस्थाका निर्वतमान अध्यक्ष मधु अर्यालले गरेका थिए ।

प्रकाशित : १० आश्विन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६